नेपालका विश्वविद्यालयहरु खाली हुन नदिन शिक्षकहरुकाे परार्मश

२०८२ असार १०, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, १० असार । विश्वविद्यालयको आयोजना र काठमाडौं कलेज अफ सेन्ट्रल स्टेटको संयोजनमा उपत्यकाका विभिन्न कलेजका विभागीय प्रमुुख, शिक्षक शिक्षिका , निर्देशकहरुलाई वर्तमान शिक्षण सिकाई सम्बन्धमा र पठन संस्कृतिको बारेमा दुई दिने कार्यशाला साेमबार सम्पन्न भएकाे छ ।

कार्यशाला गोष्ठीमा वर्तमान शिक्षा प्रणालीले पठन संस्कृतिमा क्षयीकरण भएको धारणा राख्दै पठन संस्कृतिको विकासमा शिक्षकको योगदान महत्वपूर्ण हुने धारणा विज्ञ विनिता कोइरालाले राख्दै प्रशिक्षण दिनु भएको थियो ।

सिर्जनात्मक सोच , वर्तमान पाठ्यक्रमको पेडागोजीको बारेमा काठमाडौं विश्वविद्यालयका पाठ्यक्रम विज्ञ प्रदीप विष्टले शिक्षक शिक्षिकाहरुलाई ज्ञानको संचार गराउनु भएको थियो ।

युवाहरु विदेश पलायन हुँदा नेपालका विश्वविद्यालयहरु खाली हुने स्थिति सिर्जना हुने अवस्था रहेको विदेश जाँदा अपनाउन पर्ने सावधानी , युवाहरुलाई नेपालमै सम्भावनाका क्षेत्र पहिल्याउन शिक्षकको विशेष भूमिका रहने महिला अधिकारवादी , काठमाडौ विश्वविद्यालयका प्राज्ञ मञ्जु गुरुङ्गले कार्यशालामा शिक्षकहरुलाई सिकाउनु भएको थियो ।

काठमाडौ कलेज अफ सेन्ट्रल स्टेटका शैक्षिक निर्देशक टंक प्रसाद गैह्रैले विश्व विद्यालयले कार्यशाला गोष्ठी आयोजना गरेर शिक्षकहरुको शिक्षण सिकाई र विचार सम्प्रेषणमा ,नेपालको शिक्षा विकासमा ,काठमाडौं विश्वविद्यालयको महत्वपूर्ण योगदान रहेको बताउदै विश्वविद्यालयलाई वैचारिक कार्यक्रम गरिरहन आग्रह गर्नु भएको थियो ।

दुई दिनसम्म चलेको कार्यशालामा विभिन्न कलेजका प्रिन्सिपल, विभागीय प्रमुख लगायत ३५ जनाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय