सुबास रेग्मी
स्याङ्जा,१० असार । सुन्तला, लिची, आँप लगायतका फलफूल प्रशस्त पाइने स्याङ्जा जिल्लामा पछिल्लो समय ड्रागन फुड पनि प्रशस्त पाउन थालिएको छ ।
स्याङ्जाको ड्रागन फुड भन्ने बित्तिकै बाहिरी जिल्ला बाट माग धेरै आउने गरेको वालिङ नगरपालिका १ त्रियाशीका कृषक अमृत ढुंगानाले बताउनुभयो । जिल्लामा ड्रागन फुड कति खेती हुने गरेको भन्ने यथार्थ डाटा नभएपनी जिल्लाका प्रयास ठाउँमा यो खेती गर्न थालिएको छ । त्यसैले मध्य एक हो वालिङ नगरपालिका १ को ड्रागन खेती ।
दाजुभाइ अमृत र कृष्ण ढुंगाना मिलेर यहाँको ८० रोपनी जग्गामा विगत ३ बर्ष देखी ड्रागन खेती गर्दै आउनु भएको छ । ड्रागन संगै केरा खेती समेत गर्नु भएका दाजुभाइले ड्रागनको खाली जग्गामा मकै अधुवा समेत लगाउनु भएको छ ।
गतबर्ष १७ लाखको ड्रागन बेचेको बताउने उहाँहरुले यस बर्ष ५० लाखको बेच्ने तयारी रहेको हेर्ने कुरा डटकमलाई बताउनुभयो । कृषक ढुंगानाले भन्नुभयो ” यस बर्ष ५० लाखको बेच्ने तयारी छ अर्को बर्ष १ करोडको बेच्ने गरि तयारी गरेको उहाँको भनाइ थियो ।
मेहनत गर्न सक्ने यहीँ सुन फलाउन सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्नुभएका ढुंगानाले आफ्नो जीवनकाल नेपालकै माटोमा बिताएको वृतान्त सुनाउनुभयो । उहाँले भन्नुभयो “नेपालमा केही छैन भन्दै सबै बिदेश मात्रै गएको देख्छु, मेरो जीवनकाल यहीँ माटो बित्यो । त्यसैले अर्काको देशमा गएर दुख गर्नु भन्दा आफ्नै देशमा दुख गर्न सल्लाह दिन्छु ।”
उत्पादन गरेको बस्तुको माग अत्यधिक भएपनि बाटोका कारण बजारीकरणमा समस्य भएको उहाँहरुको गुनासो थियो ।