काठमाडौँ १६ असार । युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद प्रतिभा एवं खेल पत्रकारिता पुरस्कार बितरण गरेको छ । सोमबार मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच प्रदान ६ जना खेलाडीलाई राष्ट्रिय खेलकुद प्रतिभा पुरस्कार प्रदान गरिएको थियो ।
पुरस्कृत हुने खेलाडीमा भरत सिंह महता (पारा तेक्वान्दो), प्रेम बहादुर लिम्वु ( तेक्वान्दों), विर बहादुर महरा (तेक्वान्दो), अनुजा कुलुकङ राई(कवड्डी), मानमती विष्ट(कवड्डी) र दिपा शाही (फुटबल) रहनुभएको छ । पुरस्कारको राशी रु १ लाख रुपैया रहेको छ त्यस्तै मन्त्री चौधरीले प्रतिक्षक तर्फ कविराज नेगी लामा (तेक्वान्दो), निर्णायकतर्फ धन कुमार मैनाली (बक्सिङ) र चिकित्सकतर्फ राजु डंगोललाई पुरस्कृत गर्नुभयो । पुरस्कार प्रदान गर्दै मन्त्री चौधरीले निष्पक्ष रुपमा छनौट गरि राष्ट्रिय खेलकुद प्रतिभा एवं खेल पत्रकारिता पुरस्कार प्रदान गरिएको बताउनुभयो ।
त्यस्तै, मन्त्रालयले खेलकुद पत्रकारिताको क्षेत्रमा उल्लेखनीय योगदान गर्ने पत्रकार श्रीलोचन राजोपाध्याय लाई रु ५० हजार राशीसहितको खेलकुद पत्रकारिता सम्मान प्रदान गरेको छ भने अन्य ९ जना पत्रकारहरुलाई रु २५ हजार राशीसहितको खेलकुद पत्रकारिता प्रोत्सहन पुरस्कार प्रदान गरेको छ ।