बाचा होइन, व्यवहारमा विश्वास गर्छु : अध्यक्षका उम्मेदवार श्रेष्ठ

२०८२ असार २९, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

लक्ष्मण पाठक
जापान ,२९ असार । यहीँ जुलाई २० मा हुन लागेको गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको नयाँ नेतृत्व लागि सिद्धार्थ श्रेष्ठले अध्यक्ष पदको लागि उम्मेदवारी घोषणा गर्नुभएको छ ।

११ महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित भएर थुप्रै काम गर्नुभएका हालका उपाध्यक्ष श्रेष्ठले एनआरएनए जापानको १२औं महाधिवेशनबाट चयन हुने २०२५/२०२७ कार्यकालको लागि अध्यक्षको उम्मेदवारी घोषणा गर्नुभएको हो । जुलाई १२ शनिबार टोकियोमा एक कार्यक्रमको आयोजना गरी उहाँले उम्मेदवारी घोषणा गर्नुभएको हो ।

सामाजिक क्षेत्रमा दिर्घकालीन सक्रियता, स्पष्ट धारणा, र कार्यप्रतिको निष्ठाको परिचय बनाउनु भएका श्रेष्ठ संस्थागत विकृति र असमानताको विरुद्ध आवाज उठाउँदै आउनु भएको छ । उम्मेदवारी घोषणा गर्दै उहाँले भन्नुभयो “काम गर्ने अवसर पाएमा म एनआरएनए जापानलाई पारदर्शी, चुस्त र जवाफदेही बनाउनेछु। म वाचा होइन, काममा विश्वास राख्छु।”

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय