काठमाडौं , २९ असार। काठमाडौं महानगरपालिकाको १७ औं नगर सभा सुरु भएको छ । आगामी आर्थिक वर्ष २०८२–८३ को बजेट आज ल्याउन महानगरको नगर सभा सुरु भएको हो ।
गत शुक्रबार बसेको ४०औं कार्यपालिका बैठकमा मेयर शाहले आज बजेट ल्याउन प्रस्ताव गर्नुभएकाे थियाे ।


राजश्व परामर्श समितिको बैठकले आर्थिक वर्ष २०८२–८३ का लागि २५ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट सीमा निर्धारण गरेको छ ।
मेयर बालेन्द्र साह (बालेन) ले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने छन् । उपप्रमुख सुनिता डंगोलले बजेट प्रस्तुत गर्नुहुनेछ ।