काठमाडौँ ,२९ असार । नेकपा माओवादी केन्द्रका नेता शक्ति बस्नेतले वर्तमान सरकारले आफ्नो औचित्य गुमाउदै गएको बताउनुभएको छ ।
आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै बस्नेतले संविधान संशोधन, सुशासन, बिकास निर्माण लगाएत सवैमा सरकारले ध्यान दिन नसकेको भन्दै सरकारले आफ्नो औचित्य गुमाउदै गएको बताउनुभएको हो ।


वर्तमान सरकार जनताप्रति उत्तरदायी र आफ्नो कामकारवाही प्रति जवाफदेही समेत नदेखिएको उहाले बताउनुभयो । बस्नेतले वर्तमान सरकार सुशासनका लागि नभइ अनियमिताको ढाकछोप गर्नका लागि बनेकाले मन्त्रीहरुको बिभिन्न प्रकरण आउनु नौलो कुरा नभएको तर्क गर्नुभयो ।
उहाले सुशासनका बिषयमा सरकारबाट अपेक्षा गर्नु मुर्खता हुनेजस्तो देखिएको समेत बताउनुभयो ।