साक्षरता दिवसमा वालिङमा ‘पढाई मेला’

२०८० भाद्र २२, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

स्याङ्जा, २२ भदौ । पछिल्लो समय पढाईमा देखिएको अवरोधलाई हटाई विद्यार्थीहरुमा पढ्ने वानीको विकास गराउन वालिङमा पढाई मेलाको आयोजना गरिएको छ । ५७ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसर पारेर वालिङमा पढाई मेला गरिएको हो ।

रुम टु रिड, पढ्नको लागि कोठा र सूर्योदय क्लवको आयोजनामा गरिएको मेलामा विद्यार्थीहरुको उत्साहजनक सहभागिता रहेको थियो । पछिल्लो समय विद्यार्थीहरुले पुस्तक पढ्ने तर्फ ध्यान नरहेको रुम टु रिडका अधिकृत ओमकुमार श्रेष्ठले बताउनुभयो । ‘पछिल्लो समय मावाईलमा विद्यार्थीहरुको ध्यान धेरै गईरहेको छ, उहाँले भन्नुभयो,‘जसले विभिन्न प्रकृतिका पुस्तकहरुको ज्ञान लिनबाट बन्चित गराएको छ ।’ रोचक कथाहरु समेटिएका पुस्तकहरु प्रति मेलामा आएका विद्यार्थीको ध्यान धेरै गएको पाईयो अधिकृत श्रेष्ठले भन्नुभयोे ।

सानै उमेरदेखि बालबालिकालाई विभिन्न प्रकृतिका पुस्तकहरु पढ्ने वानी बसाल्नु पर्ने भन्दै श्रेष्ठले अभिभावक तथा शिक्षकहरुले विद्यार्थीलाई वाह्य ज्ञानको लागि सहयोग हुने गरी पढाउनु पर्ने सुझाब दिएका छन् । पढाई मेलामा आठ सय भन्दा धेरै विद्यार्थीहरु तथा सय भन्दा धेरे अभिभावकहरुले भ्रमण गरेको सूर्योदय क्लवका कार्यक्रम संयोजक आशिस न्यौपानेले जानकारी दिनुभयोे । विद्यार्थीहरुलाई रोचक कथा तथा विभिन्न जानकारी समेटिएका पुस्तकहरु निशुल्क वितरण गरिएको न्यौपानेले बताउनुभयो ।

संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष सेप्टेम्बर ८ तारिखका दिन साक्षरता दिवस मनाउने गरिन्छ । ‘दिगो र शान्तिपूर्ण समाज निर्माणका लागि साक्षरताको प्रवद्र्धन’ भन्ने नाराका साथ स्याङ्जाका ११ वटै पालिकामा यो दिवस मनाइएको छ । जिल्लाका प्राय सवै विद्यालयले दिवसका अवसरमा विभिन्न कार्यक्रम गरेको जनाएका छन् ।

रुम टु रिडले जिल्लाका एक सय ३५ विद्यालयमा साक्षरता सम्बन्धि विभिन्न कार्यक्रम गर्दै आएको अधिकृत श्रेष्ठले बताउनुभयो । रुम टु रिड संचालनमा आएपछि विद्यार्थीमा पढाईको विकास र शिक्षकको क्षमता विकास भएको राष्ट्रिय माध्यमिक विद्यालयकी शिक्षिक सिता सिग्देल अर्यालले बताउनुभयो् । ‘यो कार्यक्रम लागु भएपछि विद्यार्थीमा पढाईको कला र रुची फेरिएको छ’ उ उहाँले भन्नुभयो्, ‘यो प्रणालीले सामुदायिक विद्यालयमा पढ्न आउने विद्यार्थीको संख्य बढ्न सक्छ ।’ विद्यार्थीको पढाईमा रुची बढाउने यस्ता कार्यक्रमहरुको निरन्तरताको आवश्यकता छ उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय