शिक्षक महासंघले धोका दिएको भन्दै शिक्षकहरु आज पनि सडकमा(तस्वीरहरु)

२०८० आश्विन ६, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं ,६ असोज। सरकार र शिक्षक महासंघबीच ६ बुँदे सहमति भए पनि राहत शिक्षकहरुले आन्दोलनलाई निरन्तरता दिएका छन् ।

नेपाल राहत शिक्षक केन्द्रीय समितिको अगुवाईमा राहत शिक्षकहरुले शनिबार पनि काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शनमा उत्रिएका छन् । उनीहरुले ४० हजार राहत शिक्षक, बालबिकासका शिक्षक र पेन्सन पीडित शिक्षकहरु आफूहरुसँग आन्दोलनमा रहेको बताएका छन् ।

राहत शिक्षकहरुले शिक्षक महासंघले धोका दिएको भन्दै आफूहरुको माग पूरा नहुँदासम्म आन्दोलन जारी राख्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय