संगम भण्डारी
स्याङ्जा,६ बैशाख । गल्याङ बजारको तल्लो गल्याङ खेल मैदानमा संचालन भएको महोत्सवमा वालिङ नगरपालिका १०,मा उत्पादन भएका कृषि औजार बिक्रिमा राखिएको छ ।
अर्जुन कृषि औजारबाट बनाइएको हाते कृषि औजार हँसिया कुटो कोदाली बन्चरा तथा किचनमा प्रयोग हुने सामग्रीहरू सुपथ मूल्यमा बिक्रिमा राखिएको अर्जुन विश्वकर्माले हेर्ने कुरा डटकमलाई जानकारी दिनुभयो । फलामका जस्तापाताहरूलाई विभिन्न आकारमा ढालेर बनाइएका फलाम तामाबाट निर्मित गरिएको उहाँले जानकारी दिनुभयाे ।
गल्याङ उद्योग वाणिज्य संघको आयोजनामा तेस्रो गल्याङ औद्योगिक, व्यापार तथा कृषि महोत्सव बैशाख ९ गतेसम्म चल्नेछ ।