राष्ट्रिय वाणिज्य बैंकको सीईओमा खनाल नियुक्त

२०८१ जेष्ठ १०, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, १० जेठ । राष्ट्रिय वाणिज्य बैंकले प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा देबेन्द्ररमण खनाललाई नियुक्त गरेको छ ।

बैंकले बिहीबार एक सूचना प्रकाशन गर्दै खनाललाई नियुक्त गरेको बताएको छ । उहाँको कार्यकाल चार वर्षको हुनेछ ।

बैंकको रिक्त रहेको सीईआपदमा २०८० साल चैत २९ गतेबाट लागू हुने गरी बैंकका नायब प्रमुख कार्यकारी अधिकृत देबेन्द्ररमण खनाललाई कायम मुकायमको जिम्वेवारी तोकिएको थियो ।

यसअघि किरणकुमार श्रेष्ठ चैत २८ गतेदेखि बैंक सेवाबाट निवृत्त हुनुभएको थियो । उहाँ आफ्नो ८ वर्षे कार्यकाल पूरा गरी बैंक सेवाबाट निवृत्त हुनुभएको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय