काठमाडौँ १२ जेठ । संसदीय छानबिन समितिमार्फत विभिन्न ६ वटा सहकारीमाथि संसदीय छानबिन गर्ने कार्यविधि तयका लागि प्रयास थालिएको छ । ६ वटा सहकारीको नाम किटान गरी तिनको रकम अपचलनमा संलग्नहरूमाथि छानबिन गर्न संसदीय छानबिन समिति बनाउने तयारीमा सत्ता पक्षीय दलहरू लागेका हो ।
सत्तापक्षले रवि लामिछानेको नाम नराखी रकम अपचलनमा संलग्नहरू माथि छानबिन भन्ने प्रस्ताव राख्न लागेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले नमानेपछि श्रममन्त्री डीपी अर्याल सञ्चालक रहेको हाम्रो कृषि सहकारीको भने नामै किटान गर्न नसकिएको बताउनुभयो ।
छानबिन समितिको कार्यविधि बनाउन केही बेरमा कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा बस्ने कार्यदलको बैठकमा यसबारे छलफल हुनेछ ।