फार्म हाउस होटल र प्रभु बैंक बीच विशेष छूट

२०८१ जेष्ठ १३, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

पोखरा,१३ जेठ । आन्तरीक तथा बाहृ पर्यटनको प्रशस्त सम्भावना बोकेको साहसी पदमार्गीहरु माझ लोकप्रिय गन्तब्य, हिमाल पारीको मनाङ जिल्लामा अवस्थित फार्म हाउस होटल र प्रभु बैंक बीच कर्मचारी तथा ग्राहकलाई लक्षित गरी उपलब्ध सेवाहरुमा विशेष छूट प्रदान गर्ने सम्झौता भएको छ ।

गत जेठ ११ गते एक समारोहका बीच फार्म हाउस होटलका तर्फबाट प्रोपाइटर समराज गुरुङ र प्रभु बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गर्नुभएकाे हाे ।

उक्त सम्झौता अनुसार कम्पनीका ग्राहक तथा कर्मचारीहरुले डेबिटरक्रेडिट कार्ड तथा अन्य कुनै विद्युतीय माध्यमद्वारा बिल भुक्तानी गर्दा फार्म हाउस होटलमा उपलब्ध आवास, खाना र मनोरञ्जन लगायतका सेवाहरुमा विशेष छूट प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय