नुवाकोटमा गोरु जुधाइ प्रतिस्पर्धा नहुने

२०७८ पुष ३०, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

त्रिशूली, ३० पुस । नुवाकोटका विभिन्न स्थानमा माघ १ गते सञ्चालन गरिने गोरु जुधाइ मेला यस वर्ष नहुने भएको छ । कोभिड–१९ को जोखिम वृद्धि हुँदै गएसँगै रोग नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालयले २५ जनाभन्दा बढी भेला हुन रोक लगाएसँगै ऐतिहासिक महत्व तथा वर्षौँदेखि सञ्चालन गरिँदै आएको गोरु जुधाइ प्रतिस्पर्धा नहुने भएको हो ।

कोरोनाको जोखिम बढेकाले सभा–समारोह, मेला तथा जात्रा सञ्चालनमा रोक लगाएका कारण गोरु जुधाइ मेला स्थगन भएको छ । नुवाकोटको तारकेश्वर गाउँपालिकाको तारुका, तादी गापाको सातबीसे, लिखु गापाको सूर्यमती, पञ्चकन्या गापाको पञ्चकन्या, शिवपुरी गापाको शेराबगर, बेलकोटगढी नगरपालिकाको झिल्टुङ्ग, नुवाकोट र रसुवाको सङ्गमस्थल वेत्रावतीलगायतका ठाउँमा हुने गरेको गोरु जुधाइ मेला यस वर्ष स्थगन भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार