काठमाडौँ,१ असार । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक बर्षका लागि ३२ अर्ब ९७ करोड ८५ लाख बजेट ल्याएको छ ।
शनिबार बसेको गण्डकी प्रदेशसभा बैठकमा प्रदेशका आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङले बजेट सार्वजनिक गर्नुभएको हो । प्रस्तुत बजेटमध्ये चालुतर्फ १३ अर्ब १६ करोड र पुँजीगततर्फ १९ अर्ब ५१ करोड करोड बजेट विनियोजन गरेको मन्त्री गुरुङले जानकारी दिनुभयो । त्यस्तै वित्तीय व्यवस्थापनतर्फ ३ करोड रुपैयाँ विनियोजन गरिएको उहाले बताउनुभयो । बजेटको स्रोतमध्ये नेपाल सरकारबाट प्राप्त हुने बित्तीय समानीकरण अनुदानबाट रु ७ अर्व ६३ करोड ८८ लाख , राजस्व बाँडफाँटबाट रु ८ अर्व ६१ लाख, रोयल्टी बाँडफाँटबाट ४८ करोड, ससर्त अनुदानतर्फ ३ अर्व, समपूरक अनुदानतर्फ १ अर्व र विशेष अनुदानतर्फ रु ६५ करोड प्राप्त हुने अनुमान गरिएको मन्त्री गुरुङले बताउनुभयो । त्यस्तै प्रदेशको राजस्व परिचालनबाट आन्तरिक राजस्व रु ५ अर्व प्राप्त हुने अनुमान रहेको उहाको भनाइ छ । .
त्यस्तै उहाले चालू आर्थिक बर्षको बार्षिक कार्यक्रम कार्यान्वयन पश्चात रु २ अव ९४ करोड नगद मौज्दात बचत हुने अनुमान गरेको भन्दै न्यून हुने रकम मध्ये रु १ अर्व ७० करोड आन्तरिक ऋणबाट पूर्ति हुने व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।