कीर्ति नन्द लीला चन्द्र मान सिद्धि लक्ष्मण अक्षयकोषको काजिमानमा कार्यक्रम

२०८१ असार ४, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

युवराज पौडेल

स्याङ्जा ,४ असार। स्याङ्जा जिल्लाको पुतलीबजार नगरपालिका वडा नं ३ को काजिमान हरिटीका माध्यमिक विद्यालयमा कीर्तिनन्द लीला चन्द्रमान सिद्ध लक्ष्मण अक्षयकोषद्वारा वार्षिक छात्रवृत्ति तथा पुरस्कार वितरण गरिएको छ भने विद्यालयद्वारा पनि सो अवसरमा छात्रवृत्ति प्रदान गरिएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पुतलीबजार नगर प्रमुख तुलसीराम रेग्मीले यस विद्यालयको क्यान्टिन तथा विद्यालय बस खरिदमा पुतलीबजार नगरपालिकाले सहयोग गरेको बताउँदै भोलिका दिनमा पनि विद्यालयको उन्नतिका लागि हातेमालो गर्न तयार रहेको बताउनुभयो ।

कार्यक्रममा बोल्दै अक्षयकोषका संरक्षक शुसीलकुमार श्रेष्ठले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि आफूले वार्षिक रुपमा कार्यक्रम गर्दै आएको बताउँदै भोलिका दिनमा पनि विद्यालयको सुधारका लागि सहयोग गर्न तयार रहेको बताउनुभयो ।

ट्रस्टका अध्यक्ष वेदप्रसाद दोरङ्गाले कीर्ति नन्द ट्रस्टका परिवारजनले विद्यालयमा महत्वपूर्ण भूमिका खेलेको धारणा व्यक्त गर्नुभयो । कार्यक्रममा स्याङ्जा पुतलीबजार नेवा समिति पोखराका अध्यक्ष पशुपति श्रेष्ठ, उद्योग वाणिज्य सङ्घका अध्यक्ष महादेव श्रेष्ठ, वडा नं ३ का वडाध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठ, पूर्व अध्यक्ष महेन्द्रमान व्यथित, शिक्षक अभिभावक सङ्घका अध्यक्ष रामचन्द्र गिरी, अभिभावक विष्णु अधिकारी, मखमली श्रेष्ठ, व्यवस्थापन समितिका अध्यक्ष अनुप श्रेष्ठ, प्रधानाध्यापक ऋषिराम शर्मा लगायतले बोल्नुभएको थियो ।

कार्यक्रममा अक्षयकोषबाट प्रत्येक कक्षामा प्रथम द्वितीय र तृतीय हुने करिब ४० जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको थियो । १२ जना कलाकार विद्यार्थीहरुलाई रु ५०० का दरले हौसला स्वरुप पुरस्कार प्रदान गरिएको थियो। अक्षयकोषद्वारा शिक्षक तथा व्यवस्थापन समितिका सदस्य समेत पुरस्कृत भएका छन् ।

अतिरिक्त क्रियाकलापका विभिन्न विधामा ८ जना विद्यार्थीहरु पनि ट्रष्टद्वारा पुरस्कृत भएका छन् । एसइइमा राम्रो अङ्क ल्याएर काजिमानमै ११र१२ पढिरहेका उत्कृष्ट विद्यार्थीलाई पनि ट्रस्टले प्रोत्साहन स्वरुप सम्मान गरेको छ ।

ट्रस्टद्वारा विद्यालयलाई २ सेट भलिबल, ६ सेट नृत्य शृङ्गारका सामग्री, १ सेट स्पिकर तथा माइक्रोफोन विद्यालयका अध्यक्षलाई हस्तान्तरण गरिएको छ । उक्त अवसरमा अतिरिक्त कक्षावापत विद्यालयलाई रु १५ हजार नगद समेत कोषले प्रदान गरेको छ ।

कीर्तिनन्द कोषले विगतका वर्षहरुदेखि नै यस विद्यालयमा विद्यार्थीहरुलाई पोसाक, छात्रवृत्ति, शैक्षिक सामग्री वितरण गर्दै आइरहेको छ । विद्यार्थी अविनाश ढकालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन कक्षा १० का विद्यार्थी विशाल ढकालले गर्नुभएको थियो भने शिक्षक रीता शर्माले सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रममा स्वागत अङ्ग्रेजीतर्फ प्रोमिस ढकालले र नेपालीमा बाल क्लबकी अध्यक्ष रीतिका केसीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय