पट्काङको विद्यालयममा पुरस्कार तथा छात्रवृति वितरण

२०८१ असार १६, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

यमकला अधिकारी
स्याङ्जा, १६ असार । स्याङ्जाको गल्याङ नगरपालिका ७ पट्काङ् रहेको श्री कालिका आधारभूत विद्यालयमा नतिजा प्रकाशन, छात्रवृत्ति तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ।विद्यालयमा शैक्षिक सत्र २०८० मा अध्ययन गरेका विद्यार्थीलाई अभिभावकको बीचमा एक समारोहमा पुरस्कार र छात्रवृत्ति वितरण गरिएको थियो।

उक्त कार्यक्रम शैक्षिक सत्र २०७७ सालदेखि २०८० साल ४ वर्षसम्मको नतिजा प्रकाशन र पुरस्कार तथा छात्रवृत्ति वितरण कार्यक्रम गरिएको विद्यालयका सहायक प्रधानाध्यापक श्यामप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै त्यसै विद्यालयका भूतपूर्व विद्यार्थी निलकण्ठ अधिकारीले विद्यार्थीहरूको हौसला बढाउन गरिब तथा जेहेनदार विद्यार्थीलाई सो पुरस्कार वितरण गरिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय