राष्ट्रपति पौडेलले गरे पेरिस ओलम्पिकमा भाग लिने खेलाडीलाई बिदाइ

२०८१ श्रावण ४, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं ,४ साउन । राष्ट्रपति रामचन्द्र पौडेलले ३३ औं गृष्मकालिन पेरिस ओलम्पिकमा सहभागी हुन जान लागेका नेपाली खेलाडीहरुलाई विदाई गर्नुभएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले पेरिस ओलम्पिकमा सहभागी हुने खेलाडीहरुलाई शुभकामनासहित विदाइ गर्नु भएको हो । सो अवसरमा राष्ट्रपति पौडेलले खेल राष्ट्रलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने सबैभन्दा उपयुक्त माध्यम भएको बताउँदै उच्च मनोबलका साथ प्रतिस्पर्धा गर्न आग्रह गर्नुभयो । उहाँले गृष्मकालिन पेरिस ओलम्पिकमा सहभागी खेलाडीहरूले देशको प्रतिष्ठा उँचो बनाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले दृढ संकल्प र अठोटका साथ ओलम्पिकमा सहभागी हुन खेलाडीहरूलाई सुझाव दिनुभयो ।

कार्यक्रममा राष्ट्रपति पौडेलले पेरिस ओलम्पिकको ‘सेभ द मिसन’ रहनु भएका राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङलाई नेपालको राष्ट्रिय झण्डा हस्तान्तरण गर्नुभएको थियो । ३३ औं गृष्मकालिन पेरिस ओलम्पिकमा ब्याडमिन्टनबाट प्रिन्स दाहाल, एथलेटिक्सबाट सन्तोषी श्रेष्ठ, शुटिङबाट सुश्मिता नेपाल, जुडोतर्फ मनिता श्रेष्ठ लगाएत सहभागी हुदैछन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय