पहाडी क्षेत्रको कृषि उत्पादनका लागी गल्याङमा छलफल

२०८१ भाद्र १२, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

हिमाल न्यौपाने
स्याङजा, १२ भदौ । स्याङजाको गल्याङ नगरपालिकाले कृषकलाई आर्थीक समृद्धि बनाउनका लागी छलफल सम्पन्न भएको छ । मंगलवार गल्याङ नगरपालिकाको सिटि हलमा उक्त कार्यक्रम सम्पन्न भएको हो । पछिल्लो समय बादर आतङकले त्रसीत रहेका नगरवासीलाई कागती,सुन्तला,एभोकाडो र मेकाडेमियानट जस्ता फलफुलका बिरुवा ५० प्रतिशत अनुदानमा बितरण गर्नका लागी पालीकाले कृषकहरुसंग छलफल गरेको गल्याङ नगरपालीकको कृषि शाखाले जनाएको छ ।

एसियाली बिकाश बैङ,बिश्व कृषि खाद्य सस्था तथा नेपाल सरकारको सह लगानीमा संचालन भएको कार्यक्रमलाई गल्याङ नगरपालीकाले पनि निरन्त्रता दिन लागेको हो । पालीकाको उप प्रमुखको अध्यक्षतामा संचालन हुने कार्यक्रम सात बर्षसम्म कृषकहरुलाई बिभिन्न योजनाका साथ कृषक समृद्धि बनाउने लक्ष्य पालिकाको रहेको गल्याङ नगरपालिका प्रमुख गुरु प्रसाद भट्टराईले बताउनुभयो ।

करीब २ सयको संख्यामा उपस्थीत भएका कृषकहरु मध्यवाट पदम पाठक,छबिलाल बस्याल,रुमलाल कंडेल,प्रदिप पाण्डे,गुरु खनाल लगाएतका कृषकले पालिकाको कृषि शाखालाई जिग्यासा राखेका थिए । खेती गर्न चाहने कृषकले भदौ २८ गतेसम्म आवेदन फारम फरेका आधारमा पालीकाले ५० प्रतिसत अनुदानमा बिरुवा उपलद्ध गराउन लागेको हो ।

नाफा प्रोजेक्टले २० रोपनीमा ६ लाख लगानी गर्ने लक्ष्यका साथ यो योजना अगाढी बढायको बताएको छ । छलफल कार्यक्रममा पालिकाका ११ वटै वडाका वडाअध्यक्ष,स्थानीय कृषक ,राजनीतीक दल,नेपाली कांग्रेस नगर सभापती श्याम प्रसाद बस्याल,नेकपा एमाले गल्याङ नगर कमिटी अध्यक्ष दान बहादुर थापा, नेकपा माओवादी केन्द्रवाट चित्र बहादुर थापा लगाएको बाक्लो उपस्थीती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय