सत्तामा बसेका सबैको सम्पत्ति छानबिन गर्न आवश्यक छ : उपसभापति गुरुङ

२०८१ भाद्र १६, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

इलाम,१६ भदाै । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले असल शासनको कुरा मात्रै गरेर नहुने भन्दै अहिलेसम्म सत्तामा बसेका सबैको सम्पत्ति छानबिन गर्न आवश्यक रहेकाे बताउनुभएकाे छ ।

इलामको माई नगरपालिकामा नेपाली कांग्रेस प्रदेश सभा क्षेत्रीय कार्यसमिति १(१)को प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै उपसभापति गुरुङले सो कुरा बताउनुभएकाे हाे ।

सत्ताबाट बाहिरिएपछि प्रतिपक्षीले ‘गाली’को राजनीति सुरु गरेको बताउनुभएकाे छ । उहाँले संविधान संशोधन गरेर सांसदको सख्या घटाउनु पर्ने बताउनुभयाे । उहाँले प्रत्यक्ष निर्वाचन प्रणालीमै समानुपातिकको व्यवस्था राख्नु पर्ने धारणा राख्नुभयाे । उहाँले अर्थतन्त्र सुधारका लागि गाँजा खेतीलाई कानुनी मान्यता दिनुपर्ने बताउनुभयाे । उहाँले स्थानीय मदिरालाई ब्राण्डिङ गरेर करको दायरामा ल्याउनु पर्नेमा समेत जोड दिनुभयाे ।

सम्मेलनमा नेपाली कांग्रेस इलामका जिल्ला सभापति डम्बर खड्का, पूर्वसभापति केशव थापा, क्षेत्रीय सभापति शमशेर राई, नेता भेषराज आचार्य, जिल्ला उपसभापति खगेन्द्र देवान लगायतले मन्तव्य राख्नुभएकाे थियाे।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय