नेपालमा उत्पादित हरियो तरकारी कतारमा निर्यात गर्न सुरु

२०८१ भाद्र २७, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौ,२७ भदौ । नेपालमा उत्पादित हरियो तरकारी कतारमा निर्यात गर्न सुरु गरिएको छ ।

चिनिया सहयोगमा नेपालको कृषि कार्यक्रम अन्र्तगत पहिलो चरणमा काठमाडौंको दक्षिणकाली नगरपालिकाभित्र उत्पादित हरियो तरकारीहरु कतारमा निर्यात गर्न सुरु गरिएको हो ।

बिहीबार त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा आयोजित कार्यक्रममा नेपालका लागि कतारी राजदूतलाई हरियो तरकारीहरु हस्तान्तरण गरिएको थियो । ग्रामीण विकासका लागि चाइना फाउन्डेसनको कृषि प्रवद्र्धन कार्यक्रम अन्तर्गत दक्षिणकाली नगरपालिकामा तरकारी खेती गरिएको थियो ।

दक्षिणकाली नगरपालिका प्रमुख मोहन बस्नेतले किसानहरुले उत्पादन गरेका हरिया तरकारी निर्यातसंगै यसले मुलुकको आर्थिक बिकासमा पनि टेवा पुग्ने र किसानहरुलाई प्रोत्साहन हुने विश्वास व्यक्त गर्नुभयो ।

तरकारी उत्पादनका लागि ग्रामीण विकासका लागि चाइना फाउन्डेसनले किसानहरुलाई विशेष तालिमका साथै आवश्यक कृषि सामाग्री समेत उपलव्ध गराएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय