काठमाडौं उपत्यका जलाम्य, बागमती, खोकना र मनोहराले पार गरे खतराको तह

२०८१ आश्विन १२, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं ,१२ असोज ।  काठमाडौं उपत्यका भएर बग्ने बागमती नदी, खोकना, मनोहराले खतरा तह पार गरेका छन्। कतिपय स्थानमा जलस्तरले नदीको सतह पार हुँदा बस्तीमा बाढी पसेको छ।

जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले बिहानीपख सूचना जारी गर्दै ती नदी तथा खोलामा जलस्तर खतराको तह पार गरिसकेको जनाएको हो।

हनुमन्ते, खोड्कु खोलाले सतर्कता तह पार गरेका छन्। धोवीखोला, विष्णुमती र बल्खु खोला सतर्कता तह आसपास, पानी बगिरहेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय