अर्जुनचौपारीद्धारा महिला क्रिकेट खेलाडीलाई १५/१५ हजार नगद सहित सम्मान

२०८१ मंसिर ६, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

भवानी अधिकारी

स्याङ्जा, ६ मंसिर । अर्जुनचौपारी गाउँपलिकाले दोश्रो राष्ट्रपति रनिङ शिल्ड तथा खेलकूद महोत्सवको उदघाटनका दिन यू–१९ विश्वकपमा छनोट स्याङ्जाका तीन महिला खेलाडीलाइ सम्मान गरेको छ ।

पुतलीबजार नगरपालिका १ का ज्योत्सिना मरासिनी, १३ का सीमाना केसी र कुसुम गोदारलाई जनही १५/१५ हजार नगद सहित सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरेको हो । क्रिकेट संघ स्याङ्जाका अध्यक्ष दिवाकर थापालाई सम्मानपत्रले सम्मान गरेको छ ।

क्रिकेटका ३ जना खेलाडी र अध्यक्ष थापालाई गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारी, उपाध्यक्ष सपना गुरुङ, प्रकाशकिय अधिकृत कौशल पाण्डेले सम्मान गर्नु भएको हो ।

सम्मान गर्दै अध्यक्ष तिवारीले खेलाडी देशको गहना भएकाले सबैले खेल र खेलाडीको सम्मान गर्नुपर्ने बताउनुभयो । खेलकुदको विकासमा गाउँपालिका हरपल सहयोग रहने पालिका अध्यक्ष तिवारीको भनाई छ ।

कुल ४५ स्वर्ण, ४५ रजत र ४५ कास्क पदककोलागि प्रतिस्पर्धा हुने भएको छ । प्रतियोगितामा १ देखि १२ कक्षाका विद्यार्थी सहभागि हुने भएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय