गल्याङ नगरपालिकामा ११ दिने एकीकृत घुम्ती शिविर सम्पन्न

२०८१ मंसिर २९, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 6 मिनेट

पुजा खडका

स्याङ्जा, २८ मंसिर । गल्याङ्ग नगरपालिकाले मंसिर १७ बाट सुरु गरेको एकीकृत घुम्ती शिविर मंसिर २८ गते नगरपालिका भित्रका एघार वटै वडामा सम्पन्न गरेको छ।

कार्यक्रम गल्याङ नगरपालिकाको आयोजनामा नगर भित्रका विभिन्न वडा कार्यालयको स्वास्थ्य चौकीमा राजस्व सेवा, योजना शाखा, एकीकृत स्वास्थ्य सेवा र कृषि तथा पशु सेवा सम्बन्धी कार्यक्रम गरेर सम्पन्न गरिएकाे थियाे । कार्यक्रममा नगर प्रमुख गुरु प्रसाद भट्टराई, उपप्रमुख हेमा न्यौपाने प्रमुख प्रशासकीय अधिकृत दामाेदर शर्मा सम्बन्धित निकायका पदीय व्यक्तित्वहरुको सहभागिता सहित संबन्धित वडाका वडा अध्यक्ष, वडा सदस्य लगायतकाे उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रम अन्तर्गत वडा नम्बर १ को मालुङ्गामा २० वटा योजना सम्झौता, १६ योजनाको बैंक खाता संचालन गरिएकाे थियो। त्यसैगरी मानवीय स्वास्थ्य सम्बन्धी ८५ जनाको भी आई ए स्क्रिनिङ, ८५ जनाको स्तन क्यानसर स्क्रिनिङ, ३८ जनाको दन्त सेवा ,एक जना इम्प्लान्ट, दुई जना आङ्ग खस्ने रिङ पेसरी, ११ जनको भिडियो एक्सरे गरी ५४ जना आवश्यक बिरामीलाई निःशुल्क औषधि वितरण गरिएकाे थियो । त्यसैगरी पशु सेवा अन्तर्गत ४८ पशुको गोबर परीक्षण, दुई पशुको दुध परीक्षण ४० किसानका पशुलाई आवश्यक निःशुल्क औषधि वितरण गर्दै कृषि अन्तरगत १८ किसानको माटो परिक्षण र १६ वाली परीक्षण गरिएकाे नगर प्रमुखका स्वकीय सचिव ज्ञानेन्द्र पाठकले जानकारी दिनुभयाे ।

वडा नम्बर २ मा २१ वटा योजना सम्झौता गरी १७ योजनाको बैंक खाता संचालन गरिएकाे थियो । जसमा मानवीय स्वास्थ्य सम्बन्धी १२८ जना सेवाग्राही अन्तर्गत ५० जना भी आई ए स्क्रिनिङ,५४ जनाको स्तन क्यान्सर स्क्रिनिङ, ३८ जना दन्त सेवा, एक जना इम्प्लान्ट सेवा,तीन जना आङ्ग खस्ने रिङ् पेसरी, २८ भिडियो एक्सरे र आवश्यक ८० जनालाई निशुल्क औषधि वितरण गरिएकाे थियो । त्यसैगरी पशु सेवा अन्तरगत ४२ सेवा ग्राही मध्य ७७ पशुको गोबर परीक्षण र परामर्श, ६ पशुको दूध परीक्षण र ४२ पशुपालन गर्ने किसान लाई पशुलाई आवश्यक औषधि वितरण गर्दै कृषि तर्फ १० किसानको माटो परिक्षण र १५ किसानको बाली सम्बन्धी परामर्श गरिएकाे स्वकीय सचिव पाठकले जानकारी दिनुभयाे ।

वडा नम्बर ३ मा १३ वटा योजना सम्झौता गरिएकाे छ भने १० योजनाको बैंक खाता संचालन गरिएकाे छ। स्वास्थ्य सम्बन्धी ७९ जना सेवा ग्राही अन्तर्गत ४१ जना भी आई ए स्क्रिनिङ सेवा, ४६ जनाको स्तन क्यान्सर स्क्रिनिङ, ३२ जना दात सम्बन्धी बिरामी को उपचार, दुई जना इम्प्लान्ट , तीन जना आङ्ग खस्ने समस्याको रिङ पेसरि, १० जना भिडियो एक्सरे, र ७० जना आवश्यक लाई निःशुल्क औषधि वितरण गरेको छ। त्यसै गरी पशुसेवा अन्तर्गत १५ जना सेवा ग्राही मध्य २५ पशुको गोबर परीक्षण र परामर्श , ३ पशुको दुध परीक्षण, ३ कुकुर लाई रेबिजको खोप र २० किसानलाई पशुको निःशुल्क औषधि वितरण गरिएकाे छ। त्यसै गरी कृषि अन्तरगत ४ जना किसानको माटो परीक्षण र ६ किसानको वाली परामर्श गरिएकाे छ ।

वडा नम्बर ४ मा २७ वटा योजना सम्झौता गर्दै २४ बैंक खाता संचालन गरिएकाे छ । स्वास्थ्य सम्बन्धी १८४ जना सेवाग्राही मध्य २८ जना भी आई ए स्क्रिनिङ,६३ जना टन क्यान्सर स्क्रिनिङ, ४५ जना दन्त सेवा , दुई जना इम्प्लान्ट, ७ जना भिडियो एक्सरे, ७२ जना सुगर जाँच र आवश्यक १०३ जना विरामी लाई निःशुल्क औषधि वितरण गरिएकाे थियो । त्यसैगरी ५० पशुको गोबर परीक्षण , १६ पशुको दूध परीक्षण गरी १८ किसानको माटो परिक्षण २५ किसानको वाली परामर्श गरिएकाे थियो ।

वडा नम्बर ५ मा २५ योजना सम्झौता गर्दै १९ वटा योजनाको बैंक खाता संचालन गरिएकाे थियो। स्वास्थ्य सेवा अन्तर्गत १०३ सेवा ग्राही अन्तरगत ४० जना भी आई ए स्क्रिनिङ ४३ जना स्तन क्यान्सर स्क्रिनिङ, २७ जना दन्त उपचार, एक जना इम्प्लान्ट , एक जना आङ्ग खस्ने समस्या रि ङ पेसरी, २५ जना भिडियो एक्सरे सेवा सहित ८० जना आवश्यक बिरामी लाई निःशुल्क औषधि वितरण गरिएकाे थियो। त्यसैगरी पशु सम्बन्धी ३६ सेवाग्राही मध्य ६७ पशुको गोबर परीक्षण, ३ पशुको दूध परीक्षण र ६४ गाईभैँसी लगायत ११६ बाख्रा लाई निःशुल्क औषधि वितरण गरी २९ जना किसानको माटो परिक्षण र परामर्श गरिएकाे थियो ।

वडा नम्बर ६ मा २१ योजना सम्झौता गर्दै १८ योजनाको बैंक खाता संचालन गरिएकाे छ भने स्वास्थ्य तर्फ २७० जना सेवाग्राही मध्य ८८ बिरामीको भी आई ए स्क्रिनिङ, ९५ जना स्तन क्यान्सर स्क्रिनिङ, ५१ दन्त सेवा , ३२ जनाको ई सी जी सेवा, ४५ जनाको सुगर परिक्षण ,७ जनाको आङ्ग खस्ने समस्या सम्बन्धी र २४ जनाको भिडियो एक्सरे गर्दै आवश्यक १९० जनालाई औषधि वितरण गरिएकाे छ। त्यसैगरी पशु तर्फ १६२ पशुको गोबर परिक्षण, ७३ जना सगं परामर्श , एक कुकुर लाइ रेबिज बिरुद्द खोप, १४३ पशु लाई जुकाको औषधि वितरण गरेको छ भने ३२ किसानको माटो परिक्षण र ४० वाली परामर्श गरिएकाे छ।

वडा नम्बर ७ मा २६ योजना सम्झौता, २३ वटा योजनाको बैंक खाता संचालन गरिएकाे थियो । त्यसैगरी स्वास्थ्य सेवा अन्तरगत १६१ सेवाग्राही अन्तरगत ९९ जना बिरामीको भी आई ए स्क्रिनिङ, ९६ जनाको स्तन क्यान्सर स्क्रिनिङ, ३६ जना दन्त सेवा, ३ बिरामीको आङ्ग खस्ने समस्या सम्बन्धी, ६ जना इ सी जि, ७५ जनाको सुगर परीक्षण, २५ जनाको भिडियो एक्सरे गरी ११६ जनालाई आवश्यक औषधि वितरण गरिएको थियो । त्यसका गरी पशु अन्तर्गत १०२ पशुको गोबर परीक्षण ६४ गाई भैंसी र ९८ बाख्रा लाई निःशुल्क आवश्यक औषधि वितरण गरिएको थियो । कृषि अन्तरगत २० किसानको माटो परिक्षण र २६ किसानको वाली परामर्श गरिएको थियो।

वडा नम्बर ८ मा १५ वटा योजना सम्झौता र १२ योजनाको बैंक खाता संचालन गरिएको थियो । स्वास्थ्य सम्बन्धी ११८ सेवाग्राही अन्तर्गत ६३ जनाको भी आई ए स्क्रिनिङ, ६८ जनाको आराम क्यान्सर स्क्रिनिङ, ४७ दाँत सेवा १४ ई सी जी , ४२ सुगर परीक्षण , एक जना इम्प्लान्ट ५ जान आङ्ग खस्ने समस्या सम्बन्धी, २३ भिडियो एक्सरे गरी ८७ जना आवश्यक बिरामीलाई औषधि वितरण गरिएको थियो । त्यसै गरी पशु तर्फ ३० पशुपालन मध्य ५५ पशुको गोबर परीक्षण र ३६ पशुलाई आवश्यक औषधि वितरण गरिएको थियो भने कृषि तर्फ १२ किसानको माटो परिक्षण गरी १७ बाली परिक्षण गरिएको थियो ।

वडा नंवर ९ मा २१ वटा योजना सम्झौता गरी ११ योजनाको बैंक खाता संचालन गरिएको थियो भने स्वास्थ्य तर्फ १६७ सेवाग्राही अन्तर्गत ७९ जना बिरामीको भी आई ए स्क्रिनिङ, ७२ जनाको स्तन क्यान्सर स्क्रिनिङ, ५० दाँत सेवा, ८ जना आङ्ग खस्ने, ३२ जना भिडियो एक्सरे सहित १४४ जनालाई आवश्यक औषधि वितरण गरिएकाे थियो । त्यसैगरी पशु तर्फ ७३ सेवाग्राही मध्य १०७ पशुको गोबर परीक्षण, ४ पशुको दूध परिक्षण र १९७ पशुलाई जुकाको औषधि वितरण गरिएको थियो । त्यसैगरी २० किसानको माटो परिक्षण र २५ बालिको बारेमा परामर्श गरिएको थियो ।

 

वडा नम्बर १० मा पनि २१ योजना सम्झौता सहित १८ योजनाको बैंक खाता संचालन गरिएको थियो । स्वास्थ्य सम्बन्धी १६५ जना लाभग्राही अन्तरगत ६९ जनाको भी आई ए स्क्रिनिङ, ७५ जनाको स्तन क्यान्सर स्क्रिनिङ, ५२ जनाको दन्त सेवा, २० जना बिरामीको ई सी जी, ३५ जना भिडियो एक्सरे, १०१ जनालाई औषधि वितरण गरिएकाे थियो ।त्यसैगरी १३५ पशुको गोबर परिक्षण ६८ पशुपालन व्यक्तिसँग परामर्श १९५ पशु लाई जुकाको औषधि वितरण गर्नुको साथै १६ किसानको माटो परिक्षण गरिएकाे थियो।

वडा नम्बर ११ मा ३१ योजना सम्झौता गर्दै २६ वटा बैंक खाता संचालन गरिएकाे थियो। स्वास्थ्य सम्बन्धी १३६ जना मध्य ७३ जनाको भी आई ए स्क्रिनिङ, ७५ जना को स्तन क्यान्सर स्क्रिनिङ,२९ जनाको दन्त सेवा, १८ बिरामी को ई सी जी , २१ जना को सुगर परिक्षण १५ जना एको भिडियो एक्सरे, एक जना को आङ्ग खस्ने समस्या सम्बन्धीको उपचार गर्दै १०४ बिरामीलाई आवश्यक औषधि वितरण गरिएकाे नगर स्वकीय सचिव ज्ञानेन्द्र पाठकले जानकारी गराउनुभयो । उहाँले नगरपालिकाले वडा मै पुगेर सेवा दिदा सबैलाई सहज हुने भन्दै नगरले एकीकृत घुम्ती शिविरको आयोजना गरेको जानकारी पनि गराउनुभयो । त्यसैगरी स्वास्थ्य सेवाको लागि पनि सहज भएको बताउँदै धेरै जना लाभान्वित भएको जानकारी गराउनुभयो।

गल्याङ्ग नगरपालिकाले एकीकृत घुम्ती शिविर मार्फत करिब २४१ योजना सम्झौता गरेको देखिन्छ भने १९४ योजनाको बैंक खाता संचालन गर्दै मनाबिय स्वास्थ्य सम्बन्धी दन्त सेवा, भी आई ए स्क्रिनिङ सेवा सुगर परिक्षण र आङ खस्ने बिरामीको उपचारमा बढी केन्द्रित देखिएको देखिन्छ भने पशु सम्बन्धी गोबर परिक्षण र पशु पालक परिवार सङ्ग आवश्यक परामर्श गर्दै अघि बढेको देखिन्छ भने माटो परीक्षण र बालिको बारेमा परामर्श गर्दै कृषि र पशुपालनमा जोड दिएको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय