काठमाडौँ ,२२ पुस । होटल संघ नेपालले माघ २ गते नेपाल सत्कार दिवस २०२५ को आयोजना गर्ने भएको छ ।
सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संघले होटल क्षेत्रको समग्र विकासमा मद्दत पु¥याउने उद्देश्यले माघ २ गते सत्कार दिवस मनाउन लागिएको जनाएको हो ।
दिवसका अवसरमा होटल क्षेत्रले भोगेका समस्या, चुनौतीहरु तथा आगामी रणनीतिका बारेमा छलफल गर्ने, रैथाने खानाहरु प्रदर्शन गर्दै खाना कार्यक्रम गरिने तथा बिभिन्न प्रदर्शनी कक्षहरु समेत राखिने संघका अध्यक्ष विनायक साहले जानकारी दिनुभयो । सो क्रममा धेरै भन्दा धेरै स्वदेशी र विदेशी पाहुनालाई सत्कार गर्ने उहाले बताउनुभयो ।
हाल देशभर १ लाख ४२ हजार रेष्टुरेन्ट र होटल रहेको र २२ लाखलाई एकैसाथ खाना खुवाउने क्षमता रहेको उहाले बताउनुभयो ।
सत्कार दिवसकै अवसरमा साथै, कार्यक्रममा पर्यटन क्षेत्रमा विशेष योगदान पुरÞ्याउने व्यक्तित्वहरूलाई पुरस्कृत गरिने जनाइएको छ । सो अवसरमा नेपाल होटेल एयरबुक २०२५ को विमोचन हुने कार्यक्रम रहेको संघले जनाएको छ ।