काठमाडौं,१२ चैत । कुलमान घिसिङलाई पदबाट हटाएको विरोधमा स्वतन्त्र युवाहरुले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् ।
लोडसेडिङ चाहिदैन, कुलमान हटाउन पाइदैन भन्दै उनीहरुले मंगलबार काठमाडौंको माइतिघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका हुन् । उनीहरुले कुलमान घिसिङलाई पदबाट हटाउने निर्णय निरंशुश र भ्रष्ट भएको भन्दै खारेज गर्न माग गरेका छन् ।
प्रदर्शनमा सहभागीहरुले भ्रष्ट सरकार खारेज गर्रौ, अवस्था बदल्न व्यवस्था बदलौं, सिंगो नेपाल के भन्छ, कुलमान घिसिङ ले भन्छ लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए भने सरकार बिरोध चर्का नारा लगाएका थिए ।
माइतिघरबाट प्रदर्शन गर्दै बानेश्वर पुगेका प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरीले रोकेको थियो । स्वतन्त्र युवाहरुको प्रदर्शनमा बिभिन्न दलका नेताहरु पुगेर ऐकवद्धता जनाएका थिए ।