काठमाडौं ,१३ चैत। कुलमान घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाउने सरकारको निर्णयको विरोध गर्दै बुधबार पनि काठमाडौंमा प्रदर्शन भएको छ ।
बुधबार युवाहरुको एक समूहले रत्नपार्कस्थीत प्राधिकरणको गेट बाहिर विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले कुलमानलाई पुन प्राधिकरणमा ल्याउनुपर्नेमा माग राख्दै नारावाजी गरेका थिए । प्राधिकरण अगाडीको सडक अवरुद्ध पारेर प्रदर्शन भएको भन्दै प्रहरी बल प्रयोग गरेको प्रदर्शनकारीलाई हटाएको थियो ।
घिसिङको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै सरकारले कुलमानलाई हटाएर प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको थियो । कुलमानलाई हटाउने निर्णयको सदन र सडकबाट विरोध भइरहेको छ ।