राजावादी हिंसामा संलग्न जो सुकैलाई घुँडामुनि गोली हान्न आदेश

२०८१ चैत्र १५, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, १५ चैत । राजधानीमा आज भएको राजावादी हिंसात्मक प्रदर्शनपछि प्रहरीले त्यस्तो कार्यमा संलग्न जो सुकैलाई ठाउँको ठाउँ गोली हान्न आदेश दिएको छ । किलो वन भनी चिनिने काठमाडौं जिल्लाका प्रहरी प्रमुख एसएसपी विश्व अधिकारीले मातहतका युनिटलाई त्यस्ता कार्यमा संलग्नलाई ठाउँको ठाउँ घुँडामुनि गोली हान्न आदेश दिएका हुन् ।

प्रहरीको सञ्चार सेटमा अधिकारीले  भर्खरै जिल्लाभरका प्रहरी अधिकृतलाई अंग्रेजीमा घुँडामुनी गोली हान्ने अनुमति प्राप्त भैसकेको सूचना रिले गरेका छन्  । राजावादीहरुले आज कोटेश्वर, तीनकुने,सिनामंगल क्षेत्रमा लुटपाट, आगजनी र तोडफोड गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय