काठमाडौं,६ बैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशमा देखिएको प्रतिगामी षड्यन्त्र सफल हुन नदिने बताउनुभएको छ ।
शनिबार काठमाडौंमा नेवाः राष्ट्रिय मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै प्रचण्डले सरकारका गलत काम, क्रियाकलापको कारण प्रतिगामी तत्वले धमिलो पानीमा माछा मार्ने दुष्साहसजस्तो गरेको भन्दै त्यसलाई सफल हुन नदिने बताउनुभएको हो । तत्कालिन समयमा संविधान नवन्ने देखिएपछि केहि बिषयमा सम्झौता गरिएको भन्दै उहाले अव यथास्थीतिबाद र प्रतिगामी षडयन्त्रबिरुद्ध सवै उत्पीडित बर्ग र जाति समूदाय अगाडी बढ्नुपर्ने बेला आएको धारणा राख्नुभयो । प्रचण्डले अन्य दलसंग तालमेल गरेर अघि बढ्दा त्यसको परिणाम जनतामा राम्रो नभएकाले आफ्नै बलमा निर्वाचन लड्नका लागि पार्टीलाई बलियो बनाउने अभियानमा आफु रहेको बताउनुभयो ।
उहाले राष्ट्रिय विभूति शंखधर साख्वाको सम्मान र आदर्शलाई पछ्याउँदै गरिब किसानहरुको ३० हजारसम्मको ऋण मिनाह गर्ने निर्णय आफु प्रधानमन्त्री हुदा गरेको स्मरण गर्नुभयो ।
उहाले नेवार समूदायको समूदाय, भाषा, पहिचान स्थापीत नभएसम्म माओवादीले साथ नछाड्ने प्रतिवद्धता जनाउनुभयो ।