पूजा खड्का
स्याङ्जा, ११ वैशाख । वालिङ साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता सस्थाको अधिवेशनमा विद्या श्रेष्ठ अध्यक्षमा निर्वाचित हुनुभएको छ। बुधबार संस्थाको पाँचौं साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको हो।
संस्थामा अध्यक्षमा दावेदारी छ जना मध्ये दिलीपकुमार बगाले,चोपनारायण श्रेष्ठ,बालकृष्ण श्रेष्ठ,मुक्ति प्रसाद सुवेदी, दिनेश तिवारी रहनु भएको चुनावी प्रक्रियामा विद्या श्रेष्ठले ७ सय ५७ मत प्राप्त गर्दै अध्यक्ष बन्न सफल हुनुभएको छ। त्यसै गरी उहाले प्रतिस्पर्धी उमेदवार मा रहनुभएका दिलीप कुमार बगाले ले २ सय २५ मत, बालकृष्ण श्रेष्ठ ले १ सय ७५ मत चोप नारायण श्रेष्ठ को १ सय ४६ र मुक्तिप्रसाद सुबेदी ले जम्मा ९० मत प्राप्त गर्नुभएको थियो।
त्यसै गरी सचिव पद को लागि पाच जनाको उम्मेदवारी मा टेक लाल खनाल ले ५ सय ४३ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको छ। उहाको प्रतिस्पर्धी तेज बहादुर आले ले ४ सय ६८ मत, ध्रुवप्रसाद सुवेदीले १ सय ९७ मत, मणिप्रसाद पंगेनी ले १ सय ७८ मत र भवानी प्रसाद ढुंगाना ले २ सय ११ मत प्राप्त गर्नुभएको थियो।
त्यसै गरी उपाध्यक्षमा कल्पना पौडेल अर्याल ले ७ सय १३ मत प्राप्त गर्दै निर्वाचित हुनु भएको छ भने उहाको प्रतिद्वन्दी मञ्जु खड्का क्षेत्री र रीमा केसीको क्रमश ५ सय ६४ र २ सय ७१ मत प्राप्त गर्नुभएको थियो।
त्यसै गरी कोषाध्यक्षमा रोशन बहादुर कुँवर ले ५ सय ४२ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको छ भने उहाको प्रतिस्पर्धी कृष्ण बहादुर काफ्ले ले ५ सय ४ मत, भुपराज डुम्रे ले ३ सय १९ मत र बासुदेव पौडेल ले २ सय १५ मत प्राप्त गर्नुभएको थियो।
त्यसै गरी महिला सदस्य मा ७ सय ४५ मत प्राप्त गर्दै कृष्ण कुमारी आले थापा निर्वाचित हुनुभएको छ भने खुला सदस्यमा तारा प्रसाद श्रेष्ठ ले ४ सय मत प्राप्त गर्दै निर्वाचित हुनुभएको छ। उहाको प्रतिस्पर्धी मा माधव प्रसाद कँडेल ले २ सय १७ मत,सोम बहादुर गुरुङ्ग ले २ सय २१ मत प्राप्त गर्नुभएको थियो।
वालिङ साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता सस्थाको स्थापना २०५९ सालमा भएको थियो भने संस्थाको संस्थापक अध्यक्ष भोजराज अर्याल रहनुभएको थियो । २०७५ सालमा पनि हालमा संस्थाका अध्यक्ष विद्या श्रेष्ठ रहनुभएको उक्त संस्थाको अध्यक्षमा यहां कै कार्यकाल दोहोरिएको छ।