स्याङ्जा, १ जेठ । वालिङ नगरपालिका ११ डौवा घर भएका शोभाकान्त पौडेललाई सरकारले सचिवमा बढुवा गरेको छ । बुधबार साँझ सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले उहाँलाई सचिवमा बढुवा गरेको हाे ।
उहाँ भन्सार विभागको महानिर्देशक, नेपाल पुनर्बीमा कम्पनीको अध्यक्ष लगायतको जिम्मेवारी निर्वाह गरिसक्नुभएको छ । उद्योग मन्त्रालयमा काम गरिसक्नु भएका उहाँ नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जको अध्यक्ष समेत भएर काम गरिसक्नु भएको छ ।
सानैमा आमा गुमाएर बुबाको सहारामा हुर्कनु भएका पौडेलका दुई दाजुभाइ हुनुहुन्छ । दुई दिदिबहिनी र दुई भाईका कान्छा छोरा शोभाकान्तका दाजु राम प्रसाद पौडेल पनि सरकारी सेवामै कार्यरत हुनुहुन्छ ।