काठमाडौँ, ३ जेठ। सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्ने भएको छ ।
नयाँ बानेश्वरस्थित संसद् भवनको ल्हाेत्से हलमा दिउँसो दुई बजे बस्ने भएकाे हाे ।
बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता तथा आगामी आर्थिक वर्षको बजेटका विषयमा छलफल हुने संसदीय दलको कार्यालयले जानकारी दिएको छ ।