मेरो देश नेपाल एक कृषिप्रधान देश हो। हामी नेपालीहरू अधिकांश प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा कृषि पेशामा आबद्ध छौँ । नेपालको कुल जनसङ्ख्याको झन्डै ६५ प्रतिशत भन्दा बढी जनता हामीहरु कृषिमा निर्भर रहेका छन् ।
हाम्रो देशमा आर्थिक विकासको मूल आधार नै कृषि हाे। हाम्रो समाज संस्कृति र जीवनशैलीसँग गहिरो रुपमा सम्बन्ध कृषि पेशा रहेको छ । कृषिले नेपालको कुल उत्पादनमा महत्त्वपूर्ण योगदान देशलाई पुर्याउँदै आएको छ । कृषिलाई व्यवस्थित र वैज्ञानिक तरिकाले राज्यले थप विकास गर्दै लैजाने हो भने देशलाई समृद्धिमा लैजान धेरै समय लाग्दैन, तर वास्तविक किसानले छुट्याएका कृषि बजेटबाट टाढा रहेका छन् जुनसुकै सरकार किन नहोस्, बजेटलाई बाटामा प्रयोग गरेर खेतीयोग्य जमिन डोजरले बाटो खनेर बिगारेको अवस्था बढिरहेको छ । जसले गर्दा देशलाई हानि पुर्याएको अवस्था छ। बेरोजगारलाई रोजगार यही कृषि पेशाले दिइरहेको अवस्था छ।
म पनि एक किसान हुँ। विगत केही वर्षदेखि बेरोजगार रहँदै गर्दा रोजगार मेरो आँखाले ती फालिएका खेत बारीलाई देख्यो मेरो जवान जमिन र जललाई सदुपयोग गर्दै कृषि पेशा अंगाले मेरो माटो मेरो नजिकको साथी बन्न पुग्याे । मेरो सबै समय माटोमै रमाउन पुग्यो देशले आफ्नो बजेटको आधा बजेट कृषिलाई छुट्याउँदै गर्दा कठै आफ्नै देशको माटोलाई मारिरहेको मैले काम गर्दा थाहा पाएँ।
मैले गडौला मल बनाउछु । यही गडौला मल प्रयाेग गरेर म आफ्नो खेतबारीमा धान, मकै ,गहु तरकारी उत्पादन गर्दछु । मरिसकेको माटोलाई केही गड्यौली मल प्रयोग गरेर सुधार प्रक्रिया अगाडि बढिइरहेको अवस्था छ त्यसैले म सरकारलाई के भन्न चाहन्छु भने नेपालको माटोलाई उर्भर माटो बनाउन लागि राज्यको कृषि बजेटलाई गोठेमल गडौला मलको प्रयोग विस्तार र रसायनिक मल र विषादीलाई न्यूनीकरण गर्न म अनुरोध गर्दछु । सहरका मानिसहरूले अर्घानिक भन्न रुचाउनुहुन्छ तर हामी किसानलाई राज्यले यस्तै अर्गानिकतर्फ लैजानको लागि बजेटहरू विनियोजित गर्नु आवश्यक मान्दछु। हामी किसानहरूलाई बिउ बजारमा किन्नुपर्ने हुँदा बजार मूल्य बिउको महँगो हुने हुँदा धेरै शास्ती भोग्नु परेको अवस्था छ तर पनि म खेतमै जान्छु। कर्म गर्न छोड्दिन किनभने म जस्ता किसानले काम नगरे देश भोकै रहन्छ । म काम गर्दा घामले मेरो शरीर डडेर कालो भएकाे छ तर मेरा आँखाले मेरो देशको भविष्य खोजिरहेको छ। म खेतमा बिउ रोपिरहेको हुनेछु। तर मेरो मस्तिष्कले देशको भविष्य खोजिरहेको हुनेछ मेरो हात माटोमा खेल्दै गर्दा खैरो रहेता पनि मेरो मन हरियो बनिरहेको छ म किसान हुँ।
सिता डुम्रे
किसान महासंघ
स्याङ्जा जिल्ला उपाध्यक्ष