‘जनताको बहुदलीय जनवाद’ नेपाली माटोमा जन्मिएको मौलिक सिद्धान्त हो : पूर्वराष्ट्रपति भण्डारी

२०८२ असार २९, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं,२९ असार । पूर्वराष्ट्रपति विद्या भण्डारीले जनताको बहुदलीय जनवाद (जबज) नेपालको मौलिक बिचार भएकाले यसको गहन अध्ययन र अनुसन्धान हुन जरुरी रहेको बताउनुभएको छ ।

मदन भण्डारी फाउन्डेसनले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारीले जबजको बिचार नेपालका साथै अन्तराष्ट्रियस्तरमा समेत तुलनात्मक रुपमा अध्ययन हुनुपर्ने समेत बताउनुभयो । उहाले समाज रुपान्तरणका लागि बिचार नै सवैभन्दा महत्वपूर्ण कुरा भएको धारणा राख्नुभयो । जबजले माक्र्सवाद, लेनिनवादको आधारमा नेपाली समाजको गहिरो विश्लेषण गर्दै नेपालको ऐतिहासिक सामाजिक, सांस्कृतिक तथा भूराजनीतिक विशेषतालाई आत्मसात गरी समाजवादको मार्गमा लोकतान्त्रिक पद्धति र बहुदलीय प्रतिस्पर्धाको विशिष्ट र सिर्जनात्मक बाटो निर्माण गरेको उहाले बताउनुभयो । भण्डारीले जबजको देशको बिशिष्ट परिस्थीतिमा माक्र्सवादको सिर्जनात्मक प्रयोग र अभ्यास भएको र यसले हिंसाबाट नभइ लोकतान्त्रिक विधिबाट राज्य सञ्चालन गर्ने उत्कृष्ट राजनीतिक संस्कारलाई अंगिकार गरेको धारणा राख्नुभयो ।

उहाले नेकपा एमालेले पनि सुखी नेपाली र समृद्ध नेपालको साझा राष्ट्रिय आकांक्षा पुरा गर्न जबजको सिद्धान्त अनुसार अविचलित रुपमा लागिपरेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय