पूर्वप्रधानमन्त्री र दलहरूसँग आज राष्ट्रपतिले छलफल गर्दै

२०७७ चैत्र ३, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

चैत ३, २०७७, काठमाडौं ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आज प्रमुख राजनीतिक दलहरूसँग छलफल गर्ने भएकी छन्।

सर्वदलीय बैठक मंगलबार अपरान्ह ४ बजे बस्न लागेको छ।

सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलसँग छलफल गर्न लागिएको हो।

राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दल र पूर्वप्रधानमन्त्रीहरूलाई छलफलमा बोलाइएको जानकारी दिए।

बैठकमा नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, राप्रपा, नेपाल मजदूर किसान पार्टी र राष्ट्रिय जनमोर्चालाई बोलाइएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार