रोयल सहकारीको २१ औं स्थापना दिवस,केहि समयभित्र मोबाईल एप्स

२०७९ जेष्ठ ५, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

स्याङ्जा, ५ जेठ । स्याङ्जा सदरमुकाम पुलतीबजार नगरपालिकामा बसोबास गर्ने प्रतिष्ठित व्यवसायीहरुको सक्रियतामा २०५८ मा स्थापना गरिएको रोयल वचत तथा ऋण सहकारी संस्थाको २१ औं स्थापना दिवस जेठ ५ मा मनाईएको छ ।

दिवसको अवसरमा शुभकामना दिर्दै संस्थाका अध्यक्ष नारायणप्रसाद पौडेल र पूर्व अध्यक्ष भरतप्रसाद लम्सालले रोयल सहकारीले सहकारीको मुल मर्म अनुसार शेयर सदस्यको आर्थिक विकासमा महत्वपूर्ण टेवा पु¥याएको बताउनुभयो ।

पछिल्लो समय सहकारीलाई ठूला लगानीकर्ताले कमाई खाने साधनको रुपमा लिएको दाबी गर्दै उहाँहरुले सहकारी मार्फत शेयर सदस्यलाई आर्थिक उर्पाजनको माध्यामा जोडनुपर्ने बताउनुभयो । सहकारीलाई सामुहिक विकासमा उपयोग गर्नुपर्ने उहाँहरुको भनाई थियो ।

झण्डै ४ करोड बराबरको अधिकृत पुँजी रहेको रोयलले करिब ३५ करोडको आर्थिक कारोबार गर्दै आएको छ । कुल कारोबार रकमको झण्डै २० प्रतिशत रकम कृषिजन्य उत्पादनमा केन्द्रित रहेको छ । संस्थासँग झण्डै ६ करोडको व्यापारिक भवन पनि रहेको संस्थाका प्रबन्धक शान्ति अर्याल ढकालले जानकारी दिनुभयो ।

२१ औं स्थापना दिवसका अवसरमा सहकारीले शेयर सदस्यहरुलाई मोबाईल बैंकिङ् सेवा सुरुवात गरेको छ । सहकारी केहि समयभित्र मोबाईल एप्स सेवामा जाने तयारी गरिएको बताईएको छ । रोयल सहकारीले केहि वर्षदेखि जिल्लाभरका शेयर सदस्यहरुबीच सहकारी गतिविधि संचालन गर्दै आएको छ ।

त्यस अवसरमा संस्थाका सल्लाहकार शेरबहादुर राना, कोषाध्यक्ष बद्रिप्रसाद श्रेष्ठ, संचालक समितिका सदस्य दुर्गा लम्साल, सुजाता पौडेल, अनुगमन समितिका सदस्य ईन्द्रणी अधिकारी नारायणप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको संचालन रोयलका सचिव प्रकाश डोटेलले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय