गल्याङमा ५० प्रतिशत अनुदानमा कृषि औजार बितरण

२०७९ असार ८, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

स्याङ्जा, ८ असार । स्याङ्जाको गल्याङमा रहेको पकवादि कृषि सहकारी संस्थाले मंगलबार गल्याङमा ५० प्रतिशत अनुदानमा कृषि औजार हस्तान्तरण गरेको छ ।

सहकारी रजिष्टार कार्यालय गण्डकी प्रदेश पोखराको ५० प्रतिशत अनुदान सहयोगमा सहकारीमार्फत कृषि औजारहरु हस्तान्तरण गरिएको हो । कृषि औजार हस्तान्तरण गर्दै सहकारी रजिष्टार कार्यालय पोखराका रजिष्टार उदयबहादुर पराजुलीले कृषिमा आधुनिक यन्त्र उपकरणको प्रयोगमा जोड दिंदै लागत घटाउन र उत्पादनमा बृद्धि गर्नकालागि कृषि औजारहरुको महत्वपूर्ण भूमिका खेल्ने विश्वास ब्यक्त गर्नुभएको छ । उहाले अनुदानमा प्राप्त भएका कृषि औजारहरुको सही सदुपयोग गर्न पनि कृषकहरुमा आग्रह गर्दै आगामी दिनमा पनि यस्तै प्रकारका कार्यक्रमहरु सञ्चालन गर्दै लगिने जानकारी दिनुभयो । कृषि मा आधुनिकीकरण गर्दै उत्पादन लाई बजारिकरण को लागि सहयोग गर्नु पर्ने बताउनु भयो।

पकवादी कृषि सहकारी सस्था भएको हुदा कृषि क्षेत्र मा बढी जोड दिई कृषकहरुको माग र आवश्यकताका आधारमा सहकारीमार्फत कृषकहरुलाई कृषि औजारहरु उपलब्ध गराईएको संस्थाका अध्यक्ष हेमा न्यौपाने ले बताउनु भयो । सहकारीमार्फत ९ वटा ट्याक्टर ४ वटा कम्बाईण्ड मिल र १ वटा रोडाबेटर वितरण गरिएको अध्यक्ष ले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार