गोरखामा सत्र हजार गाँजाका बोटहरु फडानी, फडानीगर्ने कार्य अभियानकै रुपमा

२०७९ असार १०, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

खेमराज खनाल

 गोरखा,१०असार  । लागू औषध नियन्त्रण अभियान अन्तर्गत मनसुन परिवर्तन भए संगै जिल्लाको विभिन्न स्थानहरुमा प्राकृतिक रुपमा उम्रने गाँजाको बोटलाई संरक्षण गरी विभिन्न व्यक्तिहरुले लागू  औषधको रुपमा प्रयोग गर्ने, बेचबिखन गर्ने जस्ता क्रियाकलाप गर्न सक्ने हुँदा स्थानीय क्लब, आमा समूह र अन्य सरोकारवाला निकायहरुसंग समन्वय गरी जिल्ला प्रहरी कार्यालय गोरखा कार्यालय तथा मातहत प्रहरी इकाईहरुबाट खटिएको टोलीले गाँजा फडानी गर्ने कार्यलाई निरन्तरता दिंदै आज चौथो दिन पनि  जिल्लाकाे  गोरखा न.पा. वडा नं.६ महेन्द्र ज्योती, ८ काे रानीवन, बारपाक सुलिकोट गा.पा. वडा नं.५ थाले चौतारी डाँडा, शहिदलखन गा.पा.वडा नं.२, काे नामजुङ, गण्डकी गा.पा.वडा नं२, सिरानचोक गा.पा. वडा नं.६ महटार, सिरानचोक गा.पा.वडा नं.१ डाँडागाउँ, पालुङटार न.पा. वडा नं.६ लामा बगैंचा र भिमसेन थापा गा.पा.वडा नं.१ ताराखसे गरी १२ स्थानहरुमा प्राकृतिक रुपमा उम्रेका गाँजाको पाँच हजार पचहत्तर बोट गरी हाल सम्म सत्र हजार तीन सय सत्तरी गाँजाका बोटहरु फडानी गरिएको छ । साथै गाँजा फडानी गर्ने कार्यलाई अभियानकै रुपमा निरन्तरता दिईएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय