मुक्तिनाथ कृषि कम्पनीले भित्र्यायो कृषकका लागि ड्रोन

२०७९ असार १०, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

कल्पना भट्टराई

काठमाडौ, १० असार । “समृद्धिको आधार कृषी, कृषीको आधार प्रबिधि” र ”गाउँको उत्पादन सहरमा सहरको पुजी गाउँमा” नारा लिएको मुक्तिनाथ कृषि कम्पनीले कृषकका लागि ड्रोन नेपाल भित्र्याएको छ ।

कृषिमा प्रबिधि भित्र्याउन निरन्तर लागि परेको कम्पनीले यस अघि बजारमा विभिन्न कृषि सामाग्री भित्र्याइसकेको छ । कृषिका विभिन्न औजार भित्र्याउने क्रममा बालीनालीमा लाग्ने रोग, किरा नियन्त्रणको लागि ड्रोनबाट औसधि छर्नसक्ने यन्त्र नेपाल भित्र्याएको हो । ड्रोनको पाँचखाल नगरपालिकामा परिक्षण समेत गरिएको मुक्तिनाथ कृषी कम्पनीका पिपिसिपि कार्यक्रम कोडिनेटर तथा स्थानीय संरचना एक परियोजनाका कार्यक्रमका कोडिनेटर केशवराज लम्सालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय