गल्याङ नगरपालिकालाई स्वच्छ, सफा र हराभरा नगरको रुपमा विकास गर्ने अभियानमा छु : नगर प्रमुख भट्टराई

२०७९ भाद्र १, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

टिकाराम अधिकारी

स्याङ्जा, १ भदौ । गल्याङ नगरपालिका भित्र २० हजार वृक्षारोपण गरेर गल्याङ नगरपालिकालाई स्वच्छ, सफा र हराभरा नगरको रुपमा विकास गराउने अभियानमा लागेकाे नगर प्रमुख गुरु प्रसाद भट्टराईले बताउनुभएकाे छ ।

समृद्वि र समुन्नतीको लागि सुन्दर र हरियाली गल्याङ नगरपालिका भन्ने मूल नराका साथ सव डिभिजन वन कार्यालय गल्याङको प्राविधिक सहयोग र गल्याङ नगरपालिका गल्याङको आयोजनमा लल्याङ देखि जिमुहा सम्मको पक्की सडक किनारामा वृक्षारोपण कार्यक्रमको उद्घाटन गर्दै नगर प्रमुख भट्टराई सो कुरा बताउनु भयो ।

GN 7942601 कार्यक्रम अन्र्तगत रहेर वातावरण संरक्षण गर्ने र नगरलाई हरियाली बनाउने अभियानमा आफूहरु प्रचार गर्ने भन्दा पनि काम गर्ने अभियानका साथ अगाडि वडेको कुरा बताउनु भयो ।

उहाँले वृक्षारोपणले वन तथा वातावरण संरक्षण हुनुको साथै मानव जीवनको समेत स्वच्छ हावा लिन टेवा पुग्नुको साथै सडकको संरक्षणमा बोटविरुवाको महत्वपूर्ण भूमिका हुने र सडकको आयूसमेत लामो हुने घाम पानीले समेत सडकलाई प्रभावन नपार्ने भएकाले पनि बाह्रैमासे हरिया रुख विरुवा रोपणले बाटोको संरक्षणमा समेत टेवा पुगेको बताउनु भयो।

उहाँले भन्नु भयो वृक्षारोपणले वाढी पहिरो भूक्षय जानबाट समेत जागाउने पानीका मुहानको संरक्षण हुने फूल फूल्टे र नगरलाई सौन्दर्यता प्रदान गर्ने भएकाले पनि आफ्नो घरवरपर वृक्षारोपण गर्नु पर्ने कुरा बताउदै जसले वृक्षारोपण गरेको छ त्यसको तथ्याङक राखेर ट्याग लगाएर त्यसको वार्षिक रुपमा मुल्याङकन गर्ने अभियान रहेको कुरा नगर प्रमुख भट्टराईले बताउनु भयो ।

सव डिभिजन वन कार्यालय गल्याङका प्रमुख रुक्मागत सुबेदीले भन्नु भयो कपुर, बीरेन्द्र फूल,मेङ्गो स्टिम,गुल्माेर,कल्की, लगायत ५०० विरुवा रोपिएको कुरा बताउनुभयो । उहाँले भन्नुभयो आगामी दिनमा यसलाई नगरपालिका भित्रका विभिन्न सडक छेउछाउ तथा खाली ठाउँहरुमा वृक्षारोपण गर्ने अभियान रहेको कुरा बताउनु भयो । स्थानीय समाजसेवी द्रर्बेन्द्रदेव खनाले भन्नु भयो । स्थानीय सरकार वन कार्यालय र स्थानीयको सहभागितामा सडक र वनलाई संरक्षण गर्ने अभियानमा सहकार्य गरेर अगाडि वढेको कुरा बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय