सिद्वार्थ राजमार्गमा राजनीति नगरौं : निवर्तमान मन्त्री गुरुङ

२०८१ बैशाख १, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

स्याङ्जा, १ बैशाख । स्याङ्जाको लाइफ लाइनको रुपमा रहेको सिद्वार्थ राजमार्गमा राजनिती नगर्न निवर्तमान मन्त्री धनराज गुरुङले सबै राजनैतिक दलहरुलाई आग्रह गर्नुभएको छ । तेस्रो गल्याङ औद्योगिक, व्यापार तथा कृषि महोत्सव २०८० लाई उद्वघाटन गर्दै निवर्तमान मन्त्री गुरुङले यस्तो बताउनुभएको हो ।

स्याङ्जाको क्षेत्र न २ बाट प्रतिनिधि सभा सदस्य बन्नुभएका नेपाली काङ्ग्रेसका उपसभापति निवर्तमान मन्त्री गुरुङले राजनिति दलहरुले जस अपजस लिनको लागि सिद्वार्थ राजमार्गलाई प्रयोग गर्दै आएको बताउनुभयो । उहाले बजेट परिसकेको योजना पनि राजनिती दाउपेचका कारण केही नेताहरुले ठेक्का रोक्नको लागि विभिन्न ठाउँमा दवाफ दिने गरेको समेत उल्लेख गर्नुभयो ।

“गल्याङ महोत्सवको आधार, कृषि, उद्योग, पर्यटन नै हाम्रो पुर्वाधार” भन्ने नारा सहित चैत ३० गतेवाट तल्लो गल्याङमा सुरु भएको गल्याङ औद्योगिक, व्यापार तथा कृषि महोत्सव बैशाख ९ गतेसम्म चल्ने छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार