काठमाडौ,१ बैशाख । नयाँ बर्ष संगै काठमाडौमा नयाँ होटल संचालनमा आएको छ । बिशेष गरेर पशुपति दर्शन आउने पर्यटकलाई लक्षित गरेर श्री पशुपति नाथ मन्दिर नजिकै बैशाख १ गतेदेखि होटल संचालनमा आएको हो ।
ट्रेड टावर ग्रुपले काठमाडौको गौसालामा होटल क्रीटल पशुपति संचालनमा ल्याएको हो । बर्षको पहिलो दिन बैशाख १ गते देखी औपचारिक रुपमा संचालनमा आएको होटलको ट्रेड टावर ग्रुपका अध्यक्ष शिवहरी दंगालले उद्घाटन गर्नुभएको । चार तारे स्तरीय उक्त होटलमा २९ कोठा रहेका छन् भने करिब ५०० जना कार्यक्रम गर्न मिल्ने हल समेत रहेको छ । निकट भबिस्यमै ९० वटा कोठामा बिस्तार गरिने योजना सहित संचालनमा आएको होटल करिब २ बर्ष लागेर निर्माण गरिएको हो ।
मुख्य गरि पशुपतिनाथको दर्शन गर्न आउने पर्यटनलाई लक्षित गरेर संचालनमा ल्याइएको होटलका प्राय कोठा बाट पशुपति मन्दिर देख्न सकिन्छ । उद्घाटनमा पुग्नु भएका काठमाडौ महानगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष राम जि भण्डारीले पर्यटन व्यावसायको लागि महानगरले सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।