काठमाडौं ,१८ पुस । गृहमन्त्री रमेश लेखकले नुवाकोटको शेरा दरबारका विषयमा अनुसन्धान भइरहेको बताउनुभएकाे छ । प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठकमा उहाँले भन्नुभयाे, “शेरा दरबारसम्बन्धी गम्भीर अनुसन्धान हुन्छ, भइरहेको छ ।”
उक्त सम्पत्ति सरकारका नाममा फिर्ता ल्याइने उहाँले प्रतिबद्धता जनाउनुभएकाे छ । “गलत ढंगले कम्पनीको नाममा गएको छ, त्यो फिर्ता हुन्छ,” उहाँले भन्नुभयाे, “मेरा प्रिय नेता, पूर्वप्रम प्रचण्डजी सरकारलाई धन्यवाद दिन तयार भएर बसे हुन्छ । फिर्ता ल्याउँछ ।”