काठमाडौं ,१८ पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नुवाकोटको शेरा दरबारको जग्गाका विषयमा छानबिन गरि दोषीलाई कारवाही गर्नुपर्ने बताउनुभएकाे छ।
सिंहदरबारमा बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा प्रचण्डले राज्यको सम्पत्ति व्यक्तिको नाममा गर्ने काममा संलग्न जो कोहीलाई कारवाही हुनुपर्ने बताउनुभएकाे हाे।
छानबिन गर्दै जाँदा आफूलाई पनि कानुनको दायरामा ल्याउनुपर्छ भनेर आफूले भन्दै आएको उहाँले बताउनुभयाे। शेरा दरबारको जग्गाका विषयमा छानबिन गर्न सरकारलाई सहयोग गर्ने उहाँको भनाइ छ ।