राष्ट्रिय सभामा विपक्षी दलको अवरोध, बैठक स्थगित

२०८१ चैत्र १४, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं ,१४ चैत ।  राष्ट्रियसभा बैठक स्थगित भएको छ। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको विषयलाई लिएर विपक्षी दलहरूले अवरोध गरेपछि बैठक स्थगित भएको हो।

राष्ट्रियसभा अध्यक्षले सभा सञ्चालनमा सहयोग गर्न सांसदहरूसँग आग्रह गरेका थिए। तर, उनीहरूले  निरन्तर अवरोध गरेपछि अध्यक्षले एक घण्टाका लागि बैठक स्थगित गरेका हुन्।  सोही विषयलाई लिएर बुधबारको बैठकमा पनि  विपक्षी दलहरूले अवरोध जनाएपछि बैठक स्थगित भएको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय