काठमाडौं ,१४ चैत । प्रतिनिधि सभा बैठक बिहीबार दिउँसो दुई बजेलाई सरेको छ। प्रतिनिधि सभा बैठक बिहीबार ११ बजेलाई तय भएको थियो।
तर प्रमुख प्रतिपक्षीलगायत विपक्षी दलले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ हटाएको विरोधमा प्रधानमन्त्री केपी शर्मा ओलीको जबाफ मागेका छन्।
प्रधानमन्त्री ओलीले सरकारले प्रक्रिया पुर्याएर कर्मचारी हटाएको जबाफ सदनमा नदिने अडान राखेपछि बैठक चल्न नसकेको हो।
सदन चलाउने विषयमा सभामुख देवराज घिमिरे छलफलमै छन्।