संयुक्त जनआन्दोलन समितिले संवैधानिक राजसंस्थाको पुनस्र्थापनाका लागि निरन्तर आन्दोलन गर्ने

२०८१ चैत्र १४, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं ,१४ चैत । राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले संवैधानिक राजसंस्थाको पुनस्र्थापनाका लागि निरन्तर आन्दोलन गर्ने जनाएको छ ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै समितिले संवैधानिक राजसंस्थाको पुनस्र्थापना, सनातन हिन्दू अधिराज्यको पुनस्र्थापना, संघीयता खारेजी र भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि निरन्तर आन्दोलन गर्ने जनाएको हो । चैत्र १५ गते काठमाडौंमा प्रदर्शन गरेपछि चैत्र १७ गतदेखि आन्दोलनका थप कार्यक्रमलाई अघि बढाइने संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले जनकारी दिनुभयो । समितिले संयुक्त जनआन्दोलन समितिको कमाण्डरको जिम्मेवारी दुर्गा प्रसाईलाई दिइएको उहाले बताउनुभयो । उहाले २०४७ को संविधानलाई आधार मानेर ७२ को संविधानका सकारात्मक प्रावधानलाई समेट्दै प्रमुख राजनीतिक पक्षहरूबीच सहमतिको बाटो बनोस भन्ने चाहना रहेको जिकिर गर्नुभयो । यसबाट संविधान र व्यवस्था दुवैमा संरचनागत पुनरावलोकन गर्न सकिने उहाको भनाइ छ । संयोजक सुवेदीले हिजो गणतन्त्र खोजेका जनताले अहिले पुन राजसंस्था खोजेको उल्लेख गर्दै राजनीतिभन्दा माथिको अभिभावकीय भूमिकामा संवैधानिक राजसंस्था आवश्यक रहेको धारणा राख्नुभयो ।

सुवेदीले पछिल्लो चरणमा धेरै पक्षबाट सवैलाई एकतावद्ध गरेर अघि बढ्न आफुलाई आग्रह भएपछि ८७ बर्षको उमेरमा पनि सवैलाई संयोजन गर्ने जिम्मेवारी बहन गर्ने निर्णय लिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय