काठमाडौं ,१५ चैत । राजावादीहरूले निषेधित क्षेत्र तोड्न खोजेपछि तीनकुने क्षेत्रमा तनावग्रस्त भएको छ। भीड नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको छ। राजावादी समर्थकहरूले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले उनीहरूलाई रोक्न खोजेका थिए। तर,आन्दोलनकारीले नमानेपछि प्रहरी र उनीहरूबीच दोहोरो झडप भएको छ।
भीड नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेपछि राजावादी समर्थकहरू कार्यक्रमस्थल छोडेर हिँडेका छन्। प्रहरीले प्रहार गरेको अश्रुग्यास लागेर केही प्रदर्शनकारी घाइते भएका छन् । झडपमा केही प्रहरीसमेत घाइते भएका छन्।