शिक्षकका माग मन्त्रिपरिषद्‌बाट सम्बोधन गर्न सरकार सहमत

२०८२ बैशाख १७, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, १७ वैशाख । सरकार र शिक्षक महासंघबीचको वार्ता सहमति नजिक पुगेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा जारी वार्ता सहमति नजिक पुगेको सहभागी एक सदस्यले बताए ।

‘मन्त्रिपरिषद्‌बाट  हुने निर्णय गर्न सरकार र शिक्षकबीच सहमति भएको छ । केही बुँदामा कुरा मिल्न बाँकी छ,’ बैठकमा सहभागी एक सदस्यले भने । वार्तामा सहभागी भएका एमालेको मुख्य सचेतक महेश वर्तौलाले वार्ता सकारात्म र सहमति नजिक पुगेको बताए ।

‘वार्ता सकारात्मक भएको छ,’ उनले भने । मन्त्रालयमा २ बजेदेखि वार्ता जारी छ । मन्त्रिपरिषद् बैठक पनि आजै बोलाइएको छ ।

मंगलबार राति अबेरसम्म भएको वार्तामा शिक्षक महासंघले ९ बुँदे प्रस्ताव पेस गरेको थियो । जसमा विद्यालय कर्मचारी र ईसीडीका शिक्षकको तलब, सामाजिक सुरक्षा कोष, दुर्गम भत्ता, ग्रेड समायोजन,मर्यादा क्रम, अस्पतालमा शिक्षकको उपचारमा छुटको व्यवस्था, निमावि प्रथम र मावि द्वितीयबीच तलबमा समानता बनाउने, राहत शिक्षक र निजी विद्यालयका शिक्षकका विषयमा पनि मनित्रपरिषद्‌बाट निर्णय हुनुपर्ने माग शिक्षक महासंघको छ ।

योसँगै ऐन जारी गर्ने सुनिश्चताको माग पनि महासंघले गरेको छ । त्यसैले ऐन जारी गर्ने सुनिश्चितता जनाउन सत्तारुढ दलका प्रमुख सचेतक पनि बैठकमा सहभागी भएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय