आधिखोला हाइड्यामको योजना अगाडि बढाउन सांसद थापाको माग (भिडियाे सहित)

२०८० जेष्ठ १०, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

कल्पना भट्टराई बस्याल

काठमाडौँ, १० जेठ । स्याङ्जाकाे गल्याङ नगरपालिकामा ड्याम बस्ने गरि विगत लामो समयदेखि अध्यन हुँदै आएको आधिखोला हाइड्यामको योजना अगाडी बढाउन सांसद राजु थापाले माग गर्नुभएको छ ।

सरकारको निति तथा कार्यक्रम माथिको छलफल चलिरहेका बेला मंगलबारको शुन्य समयमा सांसद थापाले यस्तो माग गर्नुभएको हो । उहाँले भन्नुभयाे “सन् १९७९ देखि अध्ययन हुँदै आएको आधिखोला हाइड्यामको योजना अगाडि बढाउन सरकारसंग माग गर्छु ।” थापाका अनुसार २६० मेगावाटको जलाशययुक्त आयोजनाले स्याङ्जाको पर्यटन क्षेत्रको विकासमा टेवा पुर्याउने धारणा राख्नुभयो । उहाँका अनुसार जलाशययुक्त आयोजना बनाउदा ३२ किलोमिटर त ताल मात्रै बन्ने हुँदा प्रदेशकै गौरवशाली योजनाको रूपमा यो परियोजना अगाडि बढानुपर्ने धारणा छ ।

दुईवटा निर्वाचन क्षेत्र भएको स्याङ्जामा क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद थापा नेपाली काङ्ग्रेस स्याङ्जाको जिल्ला सभापति हुनुहुन्छ । जिल्ला सभापति भएकै कारण समग्र जिल्लाको विकासमा ध्यान पुरयाउन पर्ने भएको हुँदा आफ्नो निर्वाचन क्षेत्र बाहेक पनि उहाँले समग्र जिल्लाको विकासका निम्ति विभिन्न माग उठाउदै आउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय