काठमाडौँ, ३० चैत । गरिमा विकास बैंक लिमिटेडले नयाँ वर्ष २०८१ लाई लक्षित गरि आफ्ना ग्राहकका लागि क्यास ब्याक अफर ल्याएको छ । जस अनुसार बैंकले कुनै पनि सेवा तथा सामान खरिद गरी विकास बैंकको डेबिट र क्रेडिट कार्डबाट भुक्तानी गर्दा २०.८१% वा अधिकतम रु २०० नगद फिर्ता गर्ने बह्येको छ ।
यस योजना अन्तर्गत बैंकको डेबिट र क्रेडिट कार्ड प्रयोगकर्ताहरुले नेपालभित्र एइक् मेसिन मार्फत कारोबार गर्दा अधिकतम रु २०० सम्म नगद फिर्ता पाउने बैंकले जनाएको छ। बैंकका अनुसार नगद रहित कारोबारलाई प्रोत्साहन एवं प्रवर्द्धन हेतु सार्वजनिक गरिएको यस योजनाको अवधि ०१ वैशाख २०८१ देखि ०३ वैशाख २०८१ सम्म रहेको छ ।
गरिमा विकास बैंकले आफ्ना ग्राहकहरुको किनमेललाई थप सहजीकरण गर्दै क्रेडिट कार्डमा किस्ताबन्दीको सेवा सुरुवात गरिसकेको जनाएको छ । काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंकले काठमाण्डौं उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ वटा एटिएम मार्फत सेवा प्रदान गरिरहेको छ ।